Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

मदिराको बोतल राखेर व्यवसायीले मनाए वार्षिकोत्सव

उद्‌घोष संवाददाता
२५ पुष २०८२, शुक्रवार

विराटनगर । मदिरा व्यवसायी संघ मोरङको १८औँ वार्षिकोत्सव तथा संघको आफ्नै नव–निर्मित भवनको समुद्घाटन कार्यक्रम शुक्रबार एकैसाथ सम्पन्न भएको छ । कार्यक्रममा नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष सोनाम शेर्पा र गोल्डेन ग्लोब लिकर्स प्रा।लि।का सञ्चालक महेश सोनीले संयुक्त रूपमा रिबन काटी भवनको समुद्घाटन गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका केन्द्रीय अध्यक्ष सोनाम शेर्पाले मदिरा आफैमा खराब वस्तु नभएको स्पष्ट पारे ।

उनले लोकल रक्सीका नाममा स्वास्थ्यलाई गम्भीर रूपमा हानिकारक मदिरा उत्पादन भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै यस्ता अवैध र अस्वस्थ उत्पादन तत्काल बन्द हुनुपर्ने माग गरे। गुणस्तरीय उत्पादन र जिम्मेवार उपभोगमा जोड दिँदै उनले व्यवसायीहरूलाई कानुनको पालना र सामाजिक उत्तरदायित्व वहन गर्न आग्रह गरे ।

समुद्घाटन समारोहमा नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष अंशु बन्जारा, मदन गौतमलगायत महासंघका विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

साथै मदिरा व्यवसायी महासंघ कोशी प्रदेश प्रमुख नविन तामाङ, जिल्ला संघ इटहरी, धरान, धनकुटा, उदयपुर र दमकका अध्यक्ष तथा कार्यसमिति सदस्यहरू, साथै मदिरा व्यवसायी संघ मोरङका सम्पूर्ण सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ ।

मदिरा व्यवसायी संघ मोरङका अध्यक्ष ताराबहादुर बानियाँको सभापतित्वमा सम्पन्न कार्यक्रमले संघको संस्थागत विकास र व्यवसायीहरूबीच एकता मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।

कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान पनि गरिएको थियो । कार्यक्रममा विभिन्न कम्पनीबाट उत्पादित मदिराका बोतलहरू मञ्चअगाडि प्रदर्शन गरिएको थियो ।

View : 263

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved