उदयपुर । उदयपुर जिल्लामा आयोजित तेस्रो खाना परिकार मेला र कोशी प्रदेशस्तरीय लाखेनाच प्रतियोगिता सोमबार समापन भएको छ । सो कार्यक्रमले १८ लाख जति कारोबारी कारोबार गर्न सफल भएको आयोजकले जनाएका छन् ।
मेलामा विभिन्न स्थानबाट आएका व्यापारीहरू, खाना प्रेमीहरू र स्थानीयलाई आकर्षित गर्दै विभिन्न प्रकारका परिकारहरूको प्रदर्शनी गरिएको थियो ।
त्यस्तै लाखेनाच प्रतियोगितामा विभिन्न जिल्लाबाट आएका प्रतिभागीहरूले आ–आफ्ना कला र संस्कृति प्रस्तुत गर्दै प्रतिस्पर्धा गरेका थिए ।
उक्त मेला र प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिहरूले स्थानीय व्यवसायको प्रोत्साहन र सांस्कृतिक पर्वलाई संरक्षण गर्नको लागि यस्ता प्रकारका मेलाहरूको महत्वलाई उल्लेख गरे ।
सम्पूर्ण कार्यक्रमको सफलताका लागि आयोजकले सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै भविष्यमा अझ बढी आकर्षक र समृद्ध कार्यक्रमको आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
समापनसँगै, उदयपुरमा व्यावासिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण योगदान पु¥याउने यस्ता मेलाहरूले पर्यटन र स्थानीय व्यापारमा नयाँ उचाइमा पुग्ने आशा व्यक्त गरिएको छ ।
View : 76
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved