Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

मेयर कप अण्डर–१६ फुटबल : चार विद्यालय सेमिफाइनलमा

उद्‌घोष संवाददाता
९ माघ २०८२, शुक्रवार

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा जारी विद्यालयस्तरीय अण्डर–१६ मेयर कप फुटबल प्रतियोगितामा चार विद्यालय सेमिफाइनलमा प्रवेश गरेका छन् । 

आदर्श माविको समन्वयमा माघ ६ गतेदेखि सुरु भएको प्रतियोगिता अन्तर्गत बिहीबार शहीद रंगशालामा सम्पन्न क्वाटरफाइनल खेलबाट सेन्ट जोसेफ, डन बसको, जनता नमुना र आदर्श माध्यमिक विद्यालय अन्तिम चारमा पुगेका हुन् ।

क्वाटरफाइनलको पहिलो खेलमा सेन्ट जोसेफ माध्यमिक विद्यालयले मोडर्न एरा माध्यमिक विद्यालयलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्यो । 

दोस्रो क्वाटरफाइनल खेलमा डनबस्को माध्यमिक विद्यालयले बुढानीलकण्ठ माध्यमिक विद्यालयलाई हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो । 

डन बस्कोका शुभम कामतले प्रभावशाली खेल प्रस्तुत गर्दै ‘खेलको उत्कृष्ट खेलाडी’ को उपाधि हात पारे ।

त्यसैगरी तेस्रो खेलमा जनता नमुना माध्यमिक विद्यालयले सनसाइन माध्यमिक विद्यालयलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश ग¥यो । खेलमा जनता नमुनाका दुर्लभ भुजेल उत्कृष्ट खेलाडी घोषित भए ।

अन्तिम क्वाटरफाइनल खेलमा आदर्श माध्यमिक विद्यालयले बीकेभीएम माध्यमिक विद्यालयमाथि विजय हासिल गर्दै अन्तिम चारको यात्रा तय गर्यो ।

विराटनगर महानगरपालिकाले विद्यालयस्तरमै खेलाडी उत्पादन गर्ने उद्देश्यसहित आयोजना गरेको प्रतियोगिताले विद्यार्थी खेलाडीको प्रतिभा उजागर गर्न सहयोग पुगेको आयोजकको भनाइ छ ।

प्रतियोगिता सोचेभन्दा निकै उत्कृष्ट रुपमा सञ्चालन भइरहेको आयोजक समितिका सदस्यसचिव आदर्श माविका प्राचार्य सन्तोष पोखरेलले जानकारी दिए ।

View : 62

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved