विराटनगर । वर्तमान समयमा सहकारी क्षेत्रमा परेको संकटको बारेमा समाचार सम्प्रेषण गर्न सहज होस् भन्ने उद्देश्यले सहकारी शिक्षाको आवश्यकतालाई दृष्टिगत गरी सञ्चारकर्मीका लागि बिहीबार अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
नेपाल पत्रकार महासंघ विराटनगरमा भएको कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुलाई सहकारीको सैद्धान्तिक तथा दार्शनिक अवधारणा एवम् वित्तीय व्यवस्थापन बारेमा जानकारी दिइएको थियो ।
सहकारीका राष्ट्रिय प्रशिक्षक केशवप्रसाद पोखरेलले प्रशिक्षण दिएको कार्यक्रम उपलब्धीमुलक भएको आयोजक सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरका अध्यक्ष दीपक दाहालले बताए । नेपाल पत्रकार
महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकले आफूले सहकारीको समाचार रिपोर्टिङ गरेको बताउँदै तालिमले अझ राम्रो कार्य गर्न सकिने बताइन् ।
प्रशिक्षक पोखरेलले सहकारी संस्था भन्नाले वचत तथा ऋण कारोबार मात्र बुझ्न नहुने बताउँदै सहकारीको उद्देश्य अनुरुप काम गरी सदस्यहरुलाई स्वावलम्वी बनाउनु रहेको बताए ।
View : 138
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved