Biratnagar, Morang, Nepal
२८ भदौ २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
प्रविधि

कसले चलाउँदैछ तपाईँको फेसबुक ? यसरी पत्ता लगाउनुहोस्

उद्घोष सम्वाददाता
३० साउन २०८१, बुधवार

Advertisement

विराटनगर । आजकल तपाईँले आफ्नै वा आफन्तजनको फेसबुक आइडी ह्याक भएको धेरै घटनाहरू सुनिरहनु वा देखिरहनु भएको होला ।

आफूले प्रयोग गर्ने फेसबुकलाई कसरी सुरक्षित बनाउने भन्नेमा समयमा ध्यान नदिँदा फेसबुक आइडी ह्याक हुने गर्दछ । 

यदि फेसबुक ह्याक भइरहेको वा तपाईँको आइडी कसैले अर्को डिभाइसबाट प्रयोग गरिरहेको छ कि छैन भन्ने कुरा जानकारी पाउन सबैलाई इच्छा हुन्छ ।

त्यसो भए कसरी आफ्नो फेसबुक सुरक्षित गरिएको छ वा कसैले प्रयोग गरिरहेको छ भन्ने पत्ता लगाउने ? यो प्रश्नको जवाफबारे हामीले जानकारी यहाँ प्रस्तुत गरेका छौँ । 

हिजोआज फेसबुकको आइडी र पासवर्डमा सहज पहुँच बनाएर त्यसलाई दुरुपयोग गरेका घटनाले सम्बन्धित व्यक्तिहरूलाई निकै ठुलो मानसिक हानी पनि गरिरहेको छ ।

यस्तो अवस्थामा आफ्नो फेसबुक एकाउन्टलाई सुरक्षित गर्नुपर्दछ । तपाईँ फेसबुक प्रयोगकर्ता हुनुहुन्छ भने तपाईंलाई यो जानकारी निकै महत्वपूर्ण हुनसक्छ । 

फेसबुकलाई सुरक्षित बनाउन सर्वप्रथम फेसबुकको सेटिङमा पासवर्ड सम्बन्धी व्यवस्थालाई सही तरिकाले प्रयोग गर्नुपर्दछ ।

त्यसका लागि सेटिङमा पासवर्ड एण्ड सेक्युरिटीको विकल्पमा छिर्नुहोस् । त्यहाँनेर ‘ह्वेर यु आर लग्ड इन’ भन्ने जानकारी रहेको हुन्छ । त्यसमा क्लिक गरेर भित्र पस्नुहोस् । 

त्यसपछि पछिल्ला समयमा तपाईँले कुन र के नाम गरेका डिभाइसहरूबाट आफ्नो फेसबुक लग इन गर्नुभएको थियो भन्ने भन्ने जानकारी पाउनु हुनेछ । अनधिकृत व्यक्तिले तपाईँको आइडीभित्र पहुँच पुर्‌याएको छ भने त्यसका लागि प्रयोग गरिएको डिभाइसको विवरण त्यहाँ देख्न सक्नुहुनेछ ।

यति कुरा तपाईँले थाहा पाउनु भयो तपाईँको आइडीमा ठुलो हानी पुग्नु अघि नै आवश्यक सुरक्षा टुल्सहरूको प्रयोगलाई सक्रिय बनाउने मौका पाउनु हुनेछ । अनि आफ्नो फेसबुकलाई सुरक्षित बनाउन सफल हुनुहुनेछ ।

View : 186

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved