Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

राष्ट्रिय क्रिकेटर ललित राजवंशीकी आमाको विराटनगरमा निधन

उद्‌घोष संवाददाता
२५ साउन २०८२, आइतवार

Advertisement

विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टिमका चर्चित खेलाडी विराटनगर–१४ निवासी ललित राजवंशीलाई मातृशोक परेको छ ।

ललितकी आमा शुभकुमारी देवी राजवंशीको आइतबार विहान निधन भएको हो ।

काठमाडौंमा रहेका ललित आमाको निधनको खबरपछि विराटनगर आइपुगेका छन् । 

मृतक शुभकुमारी देवीको अन्तिम संस्कार सिंघीया खोलामा धार्मिक परम्परा अनुसार आइतबार गरिंदैछ ।

मृतक शुभकुमारीका श्रीमान् जयनारायण राजवंशी, जेठो छोरा युगलकिशोर राजवंशी, माइला छोरा रामकिशोर राजवंशी, कान्छा ललित नारायण राजवंशी र एक छोरी सुमन राजवंशी रहेका छन् ।

View : 1345

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved