सुन्दरहरैंचा । सुन्दरहरैंचास्थित आचार्य कल्याण समाज नगर कार्य समितिको संयोजकमा कृष्णप्रसाद आचार्य चयन भएका छन् ।
विराटचोकमा भएको समाजको पहिलो भेलाबाट नयाँ समिति चयन भएको हो ।
समाजको सहसंयोजकमा राजन आचार्य, सचिवमा युजिन आचार्य र कोषाध्यक्षमा बिना आचार्य चयन भएका छन् ।
यसैगरी सदस्यहरूमा प्रज्वल आचार्य, ओमनाथ आचार्य, हरिप्रसाद आचार्य, शर्मिला आचार्य र पर्शुराम आचार्य चयन भएका छन् ।
कार्यक्रम आचार्य कल्याण समाज मोरङ जिल्ला अध्यक्ष पदमप्रसाद आचार्यको सभापतित्वमा भएको थियो ।
View : 101
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved