संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–३ पोखरी बजारस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार बुधबार राति कर्णबहादुर तामाङको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो ।
प्रहरीले स्थानिय कर्णबहादुर तामाङ (४५), नवीनकुमार लिम्बु (४०), मानबहादुर लिम्बु (२८), दुर्गाबहादुर लिम्बु (४३), टेकबहादुर राई (४३) र पूर्णबहादुर लिम्बु (४०) लाई नियन्त्रणमा लिएको जनाएको छ ।
उक्त स्थानबाट चार बुक तास, १६ थान कौडा, ६ थान मोबाइल र नगद ३१ हजार २८५ रुपैयाँ बरामद गरिएको संखुवासभा प्रहरीले जनाएको छ ।
View : 24
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved