Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

त्रिकोणात्मक ट्वान्टी २० शृङ्खला

नामिबियाविरुद्ध टस हारेर ब्याटिङमा नेपाल, चार विकेट गुमाएपछि दवावमा

उद्घोष सम्वाददाता
१८ फागुन २०८०, शुक्रवार

काठमाडौँ, १८ फागुन । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नामिबियासँग टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ ।

नेपालले ११ ओभरको समाप्तिमा चार विकेट गुमाउँदै ८७ रन जोडेको छ ।

कप्तान रोहित पौडेल ११ रनमा आउट भएका छन् । गुल्सन झा २६, अनिल साह २३ र आसिफ शेख १ रनको योगदान गरेका छन् । क्रिजमा कुशल मल्ल र आरिस शेख संघर्षरत छन् ।

फाइनलमा पुग्नका लागि नेपाल आजको खेल जित्नैपर्ने दबाबमा छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा नामिबियाका कप्तान जेजे स्मितले टस जितेर पहिला फिल्डिङ रोजेका थिए । 

यसअघिका दुई खेलमा नेपाल पराजित भएको छ । पहिलो खेलमा नामिबियासँग र दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्सँग पराजित भएको थियो ।

नेपालको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेलसहित अनिल शाह, आसिफ शेख, कुशल मल्ल, प्रतिश जिसी, आरिफ शेख, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा, दीपेन्द्र सिहं ऐरी र गुल्सन झा छन् । 

View : 178

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved