Biratnagar, Morang, Nepal
१९ मंसिर २०८१, बुधवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

शारीरिक सुगठनका विजेता प्रकाशको हृदयघातबाट निधन

उद्घोष सम्वाददाता
२ असोज २०८१, बुधवार

विराटनगर । पाँचौं मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका उपाधि विजेता मोरङको पथरीशनिश्चरेका प्रकाश राईको बुधबार विहान काठमाडौंमा निधन भएको छ । गत शनिबारमात्र शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण पदकको उपाधि चुमेका ४५ वर्षीय राईको हृदयघातका कारण निधन भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि तत्काल ग्राण्डी अस्पताल पुर्‍याइएको थियो । तर उपचारका क्रममा उनको निधन भएको जनाइएको छ ।

राईले ७५ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गर्दै पछि सबै भिडन्तमा मिस्टर काठमाडौं जितेका थिए ।

शारीरिक सुगठन तथा तन्दुरुस्ती संस्था मोरङका पूर्व अध्यक्ष प्रेम खड्काका अनुसार मोरङमा भएका स्थानीय कुनै प्रतियोगितामा प्रकाश राईले सहभागिता नजनाएको बताए ।

View : 200

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved