Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

समाचार सम्पादक निरौला पुरस्कृत

उद्‌घोष संवाददाता
२३ असार २०८२, सोमवार

विराटनगर । उद्घोष दैनिकका समाचार सम्पादक विक्रम निरौला झिलकुमारी लुईंटेल स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

मोरङ ग्रामथानको झोराहाटमा आइतबार आयोजित कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्टले निरौलालाई पुरस्कृत गरेका हुन् ।

पत्रकार शंकर लुईंटेलसहितका परिवारले आफ्ना दिवङ्गतहरूको स्मृतिमा स्थापना गरेको नारदमुनि पवित्रादेवी लुईंटेल स्मृति कोषले पत्रकार पुरस्कार, शिक्षक सम्मानसहित विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

कोषले छत्रपति लुईंटेल सेवा निवृत्त शिक्षक सम्मानअन्तर्गत सरस्वती मावि झोराहाटका पूर्वप्रधानाध्यापक शिवबहादुर अधिकारी र शिक्षक नारायणबहादुर न्यौपानेलाई नगदसहित सम्मान गरेको छ । त्यस्तै सोही विद्यालयका रोजिना गच्छदार र आयुश खत्वेले नगद सहितको छात्रवृत्ति पाएका छन् ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतसहित लुईंटेल परिवारका निकट  डा. राजेन्द्र शर्मा पोखरेल, श्याम पौडेल, भरत गुरागाईंलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा छत्रपति लुईंटेल स्मृतिग्रन्थको विमोचन गरिएको थियो ।

View : 511

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved