Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
आर्थिक

विराट ट्रेड एक्स्पो

भिजिटर भ्वाइस : ‘हरेक वस्तुमा छुट सुनिश्चित रहेछ’

उद्‌घोष संवाददाता
१५ पुष २०८२, मङ्गलवार

Advertisement

विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा जारी विराट ट्रेड एक्स्पो अवलोकन गरिरहेका ग्राहकहरूले स्टलमा सामग्री खरिद गर्दा भने अनुसार नै हरेक वस्तुमा छुट पाएको बताएका छन् ।

विराटनगर–६ की शिपा पासवानले सोमबार पहिलो पटक विराट ट्रेड एक्स्पो गएको बताउँदै सस्तोमा सामान खरिद गर्न पाएको बताइन् । उनले एक्स्पो सोचे अनुसार नै रमाइलो वातावरणमा भइरहेको अनुभूति गरेको सुनाइन् ।

‘मैले कपाल कर्ली गर्ने मेसिन, हट स्पाइसी नुडल्स, सनग्लास किनें, हरेक वस्तु बाहिरभन्दा सस्तोमा पाएको छु’ शिपाले भनिन्, ‘छोराछोरीले पनि रमाइलो महसुस गरेका छन् ।’

उनले फुड स्टलमा समेत विभिन्न प्रकारका परिकार खाएको अनुभव सुनाउँदै मूल्यमा सन्तुष्ट रहेको बताइन् । ‘खानेकुरा पनि स्वादिष्ट छन्, तर फुड स्टलको क्षेत्रमा पर्याप्त सरसफाई भने कमी देखियो, आयोजकले फोहोर व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ ।’

विराटनगर–७ की जया पोखरेलले आफू घरायसी सामान सस्तो मूल्यमा पाउने अपेक्षासहित एक्स्पोमा आएको प्रतिक्रिया दिइन् । 

उनले लुगाकपडा, जुत्ता, अग्र्यानिक फलफूल एक्स्पोका स्टलमा किनेको बताइन् ।

‘म पहिलो पटक एक्स्पोमा आएको हो, भने अनुसार सामानको खरिदमा छुट पाएको अनुभव भएको छ’ उनले भनिन्, ‘सवैभन्दा सस्तो थकाली चामल रहेको अनुभव भयो ।’ 

उनले चिसो मौसमका कारण रात्रिकालिन गीतसंगीतको कार्यक्रममा भने आफू नबस्ने बताइन् ।

रंगेली–२ का अनोज सुवेदीले एक्स्पोभित्र सामान खरिद गर्दा ‘चीप एण्ड बेस्ट’ अनुभव भएको बताए । उनले आफू विशेषगरी सांगीतिक कार्यक्रमका लागि आएको जानकारी दिए । स्टलहरूको भ्रमण गर्दा हरेक वस्तु गुणस्तरीय रहेको अनुभव भएको सुनाए । 

‘मैले चैं रोजेको जस्तो सामान पाएँ, नराम्रो भन्ने ठाउँ देखिँन’ सुवेदीले भने, ‘सस्तो भएकै कारण लुगा किनें, राम्रै लागेको छ, एक्स्पोमा दिइएका अफरहरू राम्रा छन्, हरेक बस्तुमा छुट सुनिश्चित रहेछ, फुड स्टल पनि राम्रो लागेको छ ।’

View : 219

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved