विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानमा गत शनिबार मृत फेला परेका दुई नाबालिकाको हत्या उनीहरूकै आमा अस्मिता पौडेलले गरेको स्वीकार गरेकी छन् ।
पौडेल बुधबार बिहान करिब साढे ४ बजेतिर बिर्तामोडबाट पक्राउ परेकी थिइन् । उनलाई मोरङ प्रहरीले आज अपरान्ह पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।
अस्मिताले सुरुमा आफूले विष खाएको र पेट पोल्न थालेपछी मर्छु होला भन्ने लागेर घरबाट लिएर गएका दुई छोरीहरूलाई पनि विष खुवाएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।
१ वर्षकी छोरी आईङ्का र ३ वर्षकी छोरी अर्पनाको शव केरा बगानमा भेटिएको थियो । पक्राउ परेकी अस्मितालाई प्रहरीले मोरङ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरेर थप अनुसन्धान अघि बढाएको जनाइएको छ ।
अस्मिताले आफूलाई श्रीमान्ले पटक पटक ज्यान मार्ने धम्की दिने गरेको र सहन नसकेर आफू मर्ने र छोरीहरुलाई पनि मार्ने सोच बनाएको बताएकी हुन् ।
View : 177
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved