Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

बीबीसीको भिडियो हट्छ : प्रमुख आयुक्त

उद्‌घोष संवाददाता
१६ फागुन २०८२, शनिवार

Advertisement

विराटनगर । प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको संघारमा अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले बिहीबारमात्रै सार्वजनिक गरेको डकुमेन्ट्री निर्वाचन आचारसंहिताविपरीत रहेको संकेत गर्दै त्यसलाई हटाउन कूटनीतिक पहल भइरहेको बताए ।

‘बीबीसीलाई हामीले हिजै तुरुन्तै हटाउनु भनेर लेखेर पठाएका छौं’ उनले भने, ‘तर त्यो नेपालको कानुन अन्तर्गत नभइकन विदेशी कानुन अन्तरगत भएकोले कूटनीतिक सम्बन्धमार्फत पनि त्यसलाई सम्बोधन गर्नुपर्ने भएकोले आज बेलुकासम्म सबै रिपोर्ट आउँछ ।’

उनले आयोगले आचारसंहिता उल्लंघनविरुद्ध कारवाही गर्ने जिल्ला निर्वाचन कार्यालयसम्मै रहेको भन्दै आयोगले १६५ वटै निर्वाचन क्षेत्रमा लगभग एक हजार वटा उजुरीमाथि कारवाहीको प्रक्रिया अघि बढाएको बताए ।

प्रमुख आयुक्त भण्डारीले कसैले आचारसंहिता उल्लंघन ग¥यो भने उसलाई प्रतिक्रिया सोधेर जरिवानाका लागि वस्तुगत रुपमा निर्णय गर्ने बताए । 

उनले थपे– ‘हिजैमात्रै २०–२५ वटा निर्णय गरिएको छ, जति उजुरी परेको छ फागुन २० गतेभित्र हामी निर्णय गर्छौं ।’

View : 233

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved