Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

सहमतिमा सभामुख चयन हुन्छ : उपसभामुख

उद्‌घोष सम्वाददाता
२२ कार्तिक २०८०, बुधवार

विराटनगर : कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारले रिक्त रहेको सभामुख पद दलहरुबीचको सहमतिमा छिट्टै चयन हुने बताएकी छन् । 

बुधबार संसदीय मामिलासम्वद्ध सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपसभामुख दनुवारले प्रदेश सभाको बैठकमा समेत सभामुख निर्वाचनको कुरा उठ्न थालेकोले दलहरुबीच सहमति गरेर सभामुख चयनको प्रक्रिया सुरु हुने बताइन् ।

बाबुराम गौतमले २०८० साउन १६ मा कोशी प्रदेश सभाको सभामुख पदबाट राजिनामा दिएपछि उपसभामुख दनुवारले कार्यवाहक सभामुखको हैसियतमा सभाको नियमित काम गर्दै आएकी छन् । 

माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य निर्वाचित भएपछि २०७९ पुस २८ मा सभामुख चयन भएका गौतमले सत्ता गठबन्धनका मुख्यमन्त्रीका उम्मेदवार उद्धव थापालाई मुख्यमन्क्री नियुत्त गर्ने प्रयोजनका लागि बहुमत संख्या पुर्‍याउन पदबाट राजिनामा दिएका थिए । सरकार गठनका लागि सभामुख पदबाटै राजिनामा दिएपछि रिक्त भएको सभामुख पद हालसम्म रिक्त रहेको छ ।

‘सभामुखको रिक्तताका बीचमा पनि सबैको सकारात्मक सहयोगले सभालाई यहाँसम्म ल्याइपुर्‍याइएका छौं, यसमा सचिवालयको भूमिका पनि महत्वपूर्ण रहेको छ’ उपसभामुख दनुवारले भनिन् ‘सभामुखको निर्वाचनको कुरा उठिरहेको छ, दलहरुका नेताहरुबीच सहमति भएपछि यसको प्रक्रिया अघि बढ्छ भन्ने विश्वास छ, सहमतिमै सबैजना अघि बढ्नु प्रदेश सभाका लागि पनि राम्रो हो ।’

उनले सहमति भएपछि सभामुख निर्वाचनको प्रक्रिया अघि बढाउन आफू तयार रहेको जानकारी दिइन् । 

नेपालको संविधानको धारा १८२ मा प्रदेश सभाको सभामुख निर्वाचनबारे व्यवस्था छ । सोही व्यवस्था अनुसार प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) को नियम ७ को उपनियम (१) मा निर्वाचनको व्यवस्था गरिएको छ । 

View : 187

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved