विराटनगर, १४ माघ । हिसान खेलकुद महोत्सवको १२ औं संस्करण अन्तरगत आइतबार भएको खेलमा शिक्षादीप, बीकेभीएम ,कान्तिपुर, अरनिको, सिद्धार्थ, मोडर्न एरा कलेज विजयी भएका छन् ।
विराटनगर–१९ स्थित वैजनाथपुर खेल मैदानमा भएको क्रिकेटमा कान्तिपुर र अरनिको कलेज विजयी भई फानलमा प्रवेश गरेका छन् । पहिलो खेलमा साविक विजेता कान्तिपुर कलेजले अर्किड कलेजलाई ३० रनले पराजित गरि फानलमा प्रवेश गरेको छ ।
टस जितेर ब्याटिङ गरेको कान्तिपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय २२ रनको योगफल तयार पारेका थियो । जस्मा निशान्त यादवले ४३ रन बनाउँदा कृतिक कामतले ४१ रन बनाए । अर्किडका सवाजुल आलम र युवराज मगरले समान १–१ विकेट लिए ।
१ सय २३ रनको चुनौती पाएको अर्किडले १८ दशमलव ३ बलमा सवै विकेट ९२ रनमा सीमित भयो । जसमा साहिल शेखले २६ रन जोड्दा सम्साद आलम अविजित २१ रन जोडे । कान्तिपुरका उत्कृष्ट खेलाडी कृतिक कामतले ३ विकेट लिंदा मनिष मण्डल, महमद समेहेल र राज वर्माले समान २–२ विकेट लिए ।
दोस्रो खेलमा अरनिको कलेजले भानु कलेजलाई १ सय १५ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ३ विकेट गुमाइ १ सय ६४ रनको योगफल बनाएको थियो । जस्मा नुर अहमदले ६२ रन बनाउँदा सागर मोचीले ५७ रनको इनिङ खेले । भानुका सुवास राय, राहित कामत र रोहन शर्माले १–१ विकेट लिए ।
१ सय ६५ रनको चुनौती पाएको भानुले १३ ओभरमा सवै विकेट गुमाइ ४७ रनमा सीमित भयो । जस्मा महमद जावेदले १४ रन जोडे । अरनिकोका अमर यादवले सर्वाधिक ६ विकेट लिए ।
त्यस्तै शहीद मैदानमा भएको फुटबल खेलमा अर्किड र कान्तिपुर कलेज विजयी भई सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा अर्किड कलेजले मोडर्न एरा स्कुललाई १–० को गोल अन्तरले पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको हो ।
दोस्रो खेलमा कान्तिपुर कलेजले नेशनल एकेडेमीलाई ५–० को गोल अन्तरले पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको हो ।
त्यस्तै छात्र भलिबलमा मोडर्न एरा र कान्तिपुर विजयी भई फाइनमा प्रवेश गरेका छन् । पहिलो खेलमा मडर्न एराले रेड स्टारलाई २५–२१ र २५–१६ र २५–१७ को सोझो सेटले पराजित गरेको छ । दोस्रो खेलमा कान्तिपुर कलेजले शिक्षादिप कलेजलाई २५–८ र २५–१२ को सोझो सेटले पराजित गरेको छ ।
त्यस्तै छात्रा भलिबलमा कान्तिपुर कलेज र अर्किड कलेज विजयी भई फाइनलमा प्रवेश गरेका छन् । पहिलो खेलमा कान्तिपुरले ज्ञालेक्सी कलेजलाई २६–२४ र २५–२५ को सोझो सेटले पराजित गरेको छ । दोस्रो खेलमा अर्किड कलेजले रेड स्टारलाई २५–२०, १५–२५ र २५–२३ को सोझो सेटले पराजित गरेको छ ।
कवडीमा मोडर्न एरा, सिद्धार्थ, र शिक्षादिप विजयी भई सेमिफानलमा प्रवेश गरेका छन । पहिलो खेलमा मोडर्न एराले कान्तिपुरलाई ३९–३५ को स्कोरले पराजित गरेको छ ।
दोस्रो खेलमा सिद्धार्थ स्कुलले विद्या भूमि स्कुललाई ४४–२७ को स्कोरले पराजित गरेको छ । तेस्रो खेलमा शिक्षादीप कलेजले बुद्ध कलेजलाई ६५–४१ को स्कोरले पराजित गरेको छ । बास्केट बलमा शिक्षादीप कलेज र बीकेभीएम विजयी हुँदै फाइलनमा प्रवेश गरेका छन् । टेवल टेनिसको पहिलो चरणको खेल पनि आइतबार सकिएको छ ।
View : 127
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved