Biratnagar, Morang, Nepal
६ वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

फोहोर व्यवस्थापनको काम योजनाबद्ध

उद्‌घोष सम्वाददाता
२० कार्तिक २०८०, सोमवार

विराटनगर : विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले फोहोर व्यवस्थापनका लागि योजनाबद्ध रुपमा कार्य गरिरहेको बताएका छन् । 

नेपाल नगरपालिका संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराटनगरमा घरायसी, मेडिकल र इलेक्ट्रिक फोहोर उत्पादन हुने भएकाले त्यसको व्यवस्थापन गर्ने गरी काम गरिरहेको बताए । तीनवटै क्षेत्रको फोहोर व्यवस्थापन गर्ने गरी काम गरिरहेको उनको भनाइ थियो । तीव्र शहरीकरणसागै फोहोर व्यवस्थापन पनि चुनौती बन्दै गएको मेयर कोइरालाले उल्लेख गरे ।

शहरी फोहोर व्यवस्थापनसम्बन्धी तीनदिने प्रशिक्षणमा विभिन्न नगरपालिकाका योजना र फोहोर व्यवस्थापन शाखाका प्रमुख र प्रतिनिधिहरुको सहभागिता  छ ।

कार्यक्रममा संविधानविद काशीराज दाहाल, दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदार, रंगेली नगरपालिकाकी उपमेयर भुमा पराजुली, बेलबारी नगरपालिकाका मेयर तथा नगरपालिका संघ कोशी प्रदेशका संयोजक डीपी राईलगायतले शहरी फोहोर व्यवस्थापनमा चुनौती देखिएको विचार व्यक्त गरेका थिए ।

View : 195

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved