विराटनगर । साहित्यकार अम्विका खरेल उप्रेतीद्वारा लिखित कविता संग्रहको विमोचन गरिएको छ ।
विराट साहित्य संगम विराटनगरले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि डा नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानकी अध्यक्ष सरला चापागाईं, अग्रज साहित्यकार विवश पोखरेल, बलराम पोखरेल, प्राडा मेदिनीप्रसाद शर्मा, शोभा लामा बल, राममणि पोखरेल, आयोजक संस्थाका अध्यक्ष मधु पोखरेल, रामबाबु दाहाल, कमलमणि उप्रेतीलगायत साहित्यकारहरुले संयुक्त रुपमा कवितासंग्रह विमोचन गरेका थिए ।
विराट साहित्य संगमले प्रकाशित गरेको संग्रहभित्र विभिन्न विषयवस्तुलाई आधार मानेर लेखेका ३७ वटा कविता समावेश छन् ।
विमोचित कृतिमाथि कवि एवं समालोचक हरिप्रसाद बरालले समीक्षा गरे । कार्यक्रममा कवि उप्रेतीले आˆनै जीवन भोगाइ र समाजका विषयवस्तुलाई कवितामा उल्लेख गरेको बताइन् ।
सो अवसरमा साहित्यकार भरत गुरागाईं बर्बरिक, शिवनारायण पण्डित सिंगल, कविता केशरी, प्रिन्स प्रमोद ढकाल, भवानी पोखरेल, उमानाथ घिमिरे, ऋषि तिवारी, भूपाल अधिकारी, रीता पाठक, कुमार श्रेष्ठ, शरद प्रधानाङ्ग, नानुमाया दाहाललगायतले कविता वाचन गरेका थिए ।
View : 660
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved