विराटनगर, ७ कात्तिक : मलेसियाको बायोमास ओभलमा एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा नेपालले यूएई सामू २८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालका लागि कप्तान देव खनालको सतकको योगदान गरे । खनालले ९ चौका र ३ छक्का प्रहार गर्दै ९० बलमा १०० रन पूरा गरेका हुन् । उनी १०० रन बनाएलगत्तै क्याच आउट बन्न पुगे ।
नेपालका लागि अर्जुन कुमालले ५५ रन जोडे । उनी २६औं ओभरको पाँचौं बलमा ५५ रनमा आउट भएका थिए ।
फाइनलका लागि नेपालले टस जितेर ब्याटिङमा उत्रिएको थियो । नेपालले ९ विकेटको क्षतिमा पुरा ओभर खेल्दै २८० रन जोडेको हो ।
नेपालका लागि सुरुवाती ब्याटरहरु भने चल्न सकेनन् । १४ रन जोड्दा २ विकेट गुमाएको थियो ।
सेमिफाइनल खेलमा नेपालले जापानलाई हराएको थियो ।
प्रतियोगिताको अपराजित नेपाल च्याम्पियन बन्ने दाउमा छ । फाइनल प्रवेशसँगै नेपाल यू–१९ एसिया कपका लागि छनोट भइसकेको छ ।
View : 203
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved