Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
अन्तर्राष्ट्रिय

इजरायल–हामास द्वन्द्वमा मृत बन्धक फिर्ता विवादले थप तनाव, सहायता कटौतीको तयारी

उद्‌घोष संवाददाता
२९ असोज २०८२, बुधवार

रेडक्रसका सवारी साधनहरूको काफिले युद्धको समयमा इजरायलद्वारा हिरासतमा राखिएका मृतक प्यालेस्टिनीहरूको शव रिहा भएपछि गाजाको देइर अल-बलाहमा बुधबार, अक्टोबर १५, २०२५ मा ढुवानी गर्दै। (एपी फोटो/अब्देल करे)

 टेल अविभ, इजरायल । इजरायलले गाजाबाट थप चार मृत बन्धकका शव प्राप्त गरेको छ ।

यसपछि हामासले शव फिर्ता गर्न ढिलाइ गरिरहेको भन्दै, इजरायली सैन्य निकायले गाजामा आपतकालीन सहायता आधा कटौती गर्ने निर्णय गरेको छ ।

शवहरू राष्ट्रिय फरेन्सिक मेडिसिन केन्द्रमा लैजाने तयारी भैरहेको छ, जहाँ तिनीहरूको पहिचान गरी परिवारलाई जानकारी गराइनेछ ।

यो घटनाक्रम हामास र इजरायलबीच कायम भएको शान्ति सम्झौताका लागि ठूलो चुनौती बनेको छ ।

सम्झौता अनुसार, बन्धकहरूलाई ७२ घण्टाभित्र मुक्त गर्नुपर्ने थियो, तर अहिलेसम्म मृतकका शवहरू निकै कम मात्र फिर्ता भएकोले बन्धकका परिवारहरूमा निराशा व्याप्त छ ।

हामासले गाजामा भएका विनाशका कारण शव खोज्न कठिनाइ भएको बताएको छ ।

यसैबीच, युएन र अमेरिकी अधिकारीहरूलाई पनि गाजामा सहायता कटौतीको विषयमा जानकारी दिइएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बन्धक फिर्ता र शव हस्तान्तरण प्रक्रियालाई तीव्र बनाउन दबाब दिइरहेका छन् ।

गाजा युद्धमा अहिलेसम्म ६७ हजार ६०० भन्दा बढी प्यालेस्टिनी मारिएका छन् , जसमा धेरै महिला र बालबालिका रहेका छन् । रासस/एपी

View : 398

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved