विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालमा कृत्रिम बौत्तिकता (एआई) सक्षम जिई सिग्नेचर अल्ट्रासाउन्ड मेसिन सञ्चालनमा आएको छ । अस्पतालको दाबी अनुसार यो नेपालमै पहिलो एआई सक्षम जीई सिग्नेचर यूएसजी (अल्ट्रासाउण्ड) मेसिन हो ।
यस उपलब्धिसँगै पूर्वाञ्चलका बिरामीहरूले अत्याधुनिक डायग्नोस्टिक सेवा आफ्नै सहरमा पाउने भएका छन् ।
परम्परागत अल्ट्रासाउन्डको तुलनामा यो मेसिनमा जडान गरिएको एआई प्रविधिले शरीरका भित्री अंगहरूको तस्वीर अत्यन्तै सूक्ष्म र स्पष्ट रूपमा प्रदर्शन गर्छ ।
यसमा रहेका एआई टुलहरूले अंगहरूको बनावट स्वतः पहिचान गरी स्वाचालित रूपमा नाप लिन सक्षम छन्, जसले मानवीय त्रुटिको सम्भावनालाई न्यूनतम बनाई सटिक रिपोर्ट सुनिश्चित गर्ने अस्पतालको भनाइ छ ।
यसका साथै एआई प्रविधिका कारण जाँच प्रक्रिया झण्डै ४० प्रतिशतसम्म छिटो हुने भएकोले बिरामीले रिपोर्टका लागि लामो समय प्रतीक्षा गर्नुपर्दैन ।
विशेषगरी हाई–डेफिनेसन ३ डी, ४डी इमेजिङ सुविधाका कारण चिकित्सकहरूलाई रोग निदान र उपचारको सही निर्णय लिन सहज हुने अस्पतालको भनाइ छ ।
अस्पतालका प्रशासन प्रमुख प्रमेशराज देवकोटाले भने, ‘विराट मेडिकल कलेज शिक्षण अस्पताल सधैं गुणस्तरीय स्वास्थ्य सेवाप्रति प्रतिबद्ध रहदै आएको छ । यो एआई सक्षम जीई सिग्नेचर युएसजी मेसिन सञ्चालनमा ल्याउन पाउनु हाम्रा लागि गर्वको विषय हो ।
अब पूर्वाञ्चलका बिरामीहरूले सटिक निदान र स्तरीय उपचारका लागि काठमाडौं वा विदेश धाउनु पर्दैन, त्यो सुविधा अब आफ्नै सहरमा उपलब्ध छ ।’
View : 52
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved