स्वर्गीय पदमनारायण श्रेष्ठ
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशसभाकी सांसद मैया श्रेष्ठ लावतीलाई पितृशोक परेको छ । नेपाली कांग्रेस पाँचथर प्रदेश क्षेत्र नम्बर २ की क्षेत्रीय सभापतिसमेत रहेकी सांसद श्रेष्ठका ८४ वर्षीय पिता पदम नारायण श्रेष्ठको पुस २ मा निधन भएको हो ।
झापा बुद्धशान्ति गाउँपालिका निवासी श्रेष्ठका दुई छोराबुहारी खड्गबहादुर र सीतादेवी, वेदकुमार र तिर्थकुमारी छन् भने चार छोरीमध्ये एक जनाको निधन भइसकेको छ । इन्दिरा श्रेष्ठ र ज्वाइँ चन्द्रकुमार श्रेष्ठ, स्वर्गीय टिकाकुमारी र यज्ञनारायण प्रधान, भगवती श्रेष्ठ र राजन श्रेष्ठ, मैया श्रेष्ठ र इन्द्रनारायण लावती छन् । श्रेष्ठकी पत्नी चन्द्रकुमारीको पनि निधन भइसकेको छ ।
नेपाली कांग्रेस केन्द्रीय समिति, प्रदेश समिति, कोशी संसदीय दल तथा कांग्रेसका विभिन्न तहका नेताहरू तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले श्रेष्ठको निधनप्रति दुःख प्रकट गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
View : 68
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved