Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

महिला उद्यमी महासंघ कोशीमा कृति श्रेष्ठ

उद्‌घोष संवाददाता
२६ साउन २०८२, सोमवार

विराटनगर ।  महिला उद्यमी महासंघ कोशी प्रदेशमा कृति श्रेष्ठ उपाध्यायको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरिएको छ । महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीको उपस्थितिमा विराटनगरमा सोमबार आयोजित महिला उद्यमी भेलाले समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा सुशीला सापकोटा, सचिव सपना रिजाल, कोषाध्यक्ष श्रद्धा तामाङ छन् । नवगठित समितिको सदस्यहरूमा सुष्मा पौडेल, तारा बास्कोटा, चन्दा लिम्बू, माया गुरूङ र नीलम भट्टराई छन् । नवगठित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई महासंघकी केन्द्रीय अध्यक्ष ज्ञवालीले सोमबार पद तथा गोपनियताको सपथ गराइन् ।

 कोशी प्रदेश अध्यक्षको जिम्मेवारी लिएकी कृति श्रेष्ठ उपाध्यायले आफ्नो नेतृत्वले महिला उद्यमशीलता प्रवर्द्धन, क्षमता विकास, बजार विस्तार तथा नीति निर्माणमा पहुँच अभिवृद्धिका लागि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाइन् । 

नवगठित समितिलाई  महिला उद्यमी महासंघकी केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीले नवगठित समितिले महिला उद्यमशीलता प्रवद्र्धन, सञ्जाल विस्तार र क्षमता अभिवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर महिला उद्यमी संघ मोरङले गरेको सो विशेष कार्यक्रममा नवप्रवर्तनशील सोच र सफल व्यावसायिक पहलमार्फत समाजमा सकारात्मक प्रभाव पार्न सफल ९ जना नवद्यमीहरूलाई सम्मानसमेत गरिएको थियो  । सम्मानित हुनेहरुमा ऋतज्ञ थापा (आन्तरिक सजावटकर्मी), जेनसिा सुमन (सामाजिक अभियन्ता एवम् उदघोषिका), आस्था तुलाधर (उद्यमी), सागरराज ढुंगाना( ग्रामीण खेलकुद उत्प्रेरक), जोया बानो ( नव उद्यमी), सिर्जा कार्की (सौन्दर्यकर्मी), रम्भा श्रेष्ठ (हस्तकला), जयन्द्र विक्रम राणा (सफ्ट टेनिशका स्वर्णपदकधारी खेलाडी तथा गायक) र नर श्रेष्ठ ( बुटिक तथा चित्रकार) छन् ।

सो कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा मोहनकुमार सुवेदीले  ऊर्जाशील सोच र स्पष्ट दृष्टिकोण भएका युवाहरू नै प्रदेश र राष्ट्रको समृद्धिको आधार बन्न सक्ने बताउँदै कोशी प्रदेश सरकारले युवाको क्षमता र सिर्जनशीलतालाई उपयोग गर्दै उद्यम, रोजगार र नवप्रवर्तनको क्षेत्रमा ठोस कार्यक्रम ल्याउन तयार रहको बताए ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौला, महिला उद्यमी सुनिता छाहाराङ, युवा उद्यमी दिनेशभक्त श्रेष्ठ, चाँदबाबु इराकी तथा विभिन्न क्षेत्रका युवा उद्यमी, सामाजिक अभियन्ता र विद्यार्थीहरूको सहभागिता थियो ।  
 

View : 585

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved