Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
आर्थिक

‘टप एक्सपोर्टर अवार्ड’ पशुपतिलाई

उद्‌घोष संवाददाता
१५ असार २०८३, सोमवार

Advertisement

विराटनगर । शारडा ग्रुपअन्तर्गत सञ्चालित पशुपति खाद्य तेल उद्योगले निर्यात क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानका लागि उद्योग संगठन मोरङद्वारा प्रदान गरिने प्रतिष्ठित ‘टप एक्सपोर्टर अवार्ड’ प्राप्त गरेको छ ।

उद्योग संगठन मोरङको ५३औं वार्षिक साधारणसभाको अवसरमा आयोजित विशेष समारोहमा उद्योग, उत्पादन तथा निर्यात प्रवद्र्धनमा उत्कृष्ट योगदान पुर्‍याउने उद्योगहरूलाई सम्मान गर्ने क्रममा यस वर्ष पशुपति खाद्य तेल उद्योगलाई उक्त अवार्ड प्रदान गरिएको हो । उद्योगका तर्फबाट शारडा ग्रुपका निर्देशक अमित शारडाले सम्मान ग्रहण गरेका थिए ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेप र उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले संयुक्त रूपमा उक्त सम्मान प्रदान गरेका हुन् ।

सम्मान ग्रहणपछि निर्देशक शारडाले सो उपलब्धी सम्पूर्ण कर्मचारी, व्यावसायिक साझेदार, ग्राहक तथा शुभेच्छुकहरूको विश्वास र निरन्तर सहयोगको प्रतिफल भएको बताए ।

उनले आगामी दिनमा पनि उच्च गुणस्तरीय उत्पादनमार्फत नेपालको निर्यात क्षेत्रलाई अझ सशक्त बनाउँदै विदेशी मुद्रा आर्जन तथा राष्ट्रिय अर्थतन्त्रमा थप योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

उनले यस सम्मानले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न, विदेशी मुद्रा आर्जन बढाउन तथा देशको औद्योगिक र आर्थिक विकासमा पशुपति खाद्य तेल उद्योगले खेलेको भूमिकालाई थप उजागर गरेको बताए ।

त्यस्तै कार्यक्रममा पशुपति खाद्य तेल उद्योगसँगै उत्कृष्ट रोजगारदाताका रूपमा अरिहन्त मल्टिफाइबर्सलाई पनि सम्मान गरिएको थियो ।

शारडा ग्रुपले यो ऐतिहासिक उपलब्धिका लागि पशुपति खाद्य तेल उद्योगको सम्पूर्ण टोलीप्रति हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनमा पनि उत्कृष्टता, गुणस्तर र नवप्रवर्तनलाई निरन्तरता दिँदै नेपालको औद्योगिक विकास तथा निर्यात प्रवद्र्धनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ ।

वि.सं. २०३८ सालमा स्थापना भएको पशुपति खाद्य तेल उद्योग विगत ३८ वर्षदेखि खाद्य तेल उत्पादन तथा निर्यात क्षेत्रमा सक्रिय रहँदै आएको छ ।

उद्योगले सोयाबिन तेल, सूर्यमुखी तेल, पाम तेल तथा वनस्पति घिउ उत्पादन गर्दै आएको छ । साथै भारतसम्म आफ्ना उत्पादन निर्यात गर्दै नेपाली उद्योगको पहिचान अन्तर्राष्ट्रिय बजारमा विस्तार गरिरहेको संस्थाले जनाएको छ ।

View : 85

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved