धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले शनिबार प्रदेश सभाबाट विश्वासको मत लिनुअघि आफ्नो सरकारमा रहेका ६ जना मन्त्रीहरुलाई पदमुक्त गरेका छन् ।
मन्त्रीहरुसँग राजीनामा माग गरिएको तर उनीहरूले राजीनामा नदिएपछि बर्खास्त गरिएको मुख्यमन्त्री सिंहले बताएका छन् ।
मुख्यमन्त्री सिंहले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई बर्खास्त गरेका हुन् ।
हालै नेकपा एमाले–नेपाली कांग्रेसबीच सत्ता साझेदारी गर्ने सम्बन्धमा लिखित सहमति भएपछि मुख्यमन्त्री सिंहले ती मन्त्रीलाई पदमुक्त गरेको जनाइएको छ ।
प्रदेशसभामा आजै मुख्यमन्त्री सिंहले विश्वासको मत लिने कार्यसूची छ ।
View : 114
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved