Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

नेपालीरिका होटलमा ‘निरोगिता केन्द्र’ सञ्चालनमा

उद्‌घोष संवाददाता
२९ माघ २०८२, बिहिवार

सुन्दरहरैंचा । सुन्दरहरैंचा–९, विराटचोकस्थित नेपालीरिका होटलमा निरोगिता (वेलनेस) सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ । 

रोपान्स वेलनेस सेन्टरसँगको सहकार्यमा सुरु गरिएको सो सेवाको उद्घाटन सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्की र नेपालीरिका होटलका प्रबन्ध निर्देशक आकाश दुलालले संयुक्त रूपमा गरेका हुन् ।

गत भदौमा भएको जेनजी आन्दोलनका कारण पूर्णरूपमा क्षति पुगेको सेवा पुनः सञ्चालनमा ल्याइएको प्रबन्ध निर्देशक दुलालले बताए । 

स्वास्थ्य, सौन्दर्य तथा शारीरिक तन्दुरुस्तीसम्बन्धी सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले निरोगिता केन्द्र सुरु गरिएको उनको भनाइ छ ।

नया“ सञ्चालनमा ल्याइएको निरोगिता केन्द्रमा विभिन्न तहमा सेवा व्यवस्था गरिएको छ। भुइँतलामा सौर्य स्नान र वाष्पस्नान सेवा उपलब्ध छन् भने पहिलो तलामा तन्दुरुस्ती तथा जिमखाना सञ्चालनमा ल्याइएको छ । 

त्यस्तै दोस्रो तलाबाट मालिस (मसाज), जलचिकित्सा (स्पा), केश तथा दारी काट्ने (सैलुन), हात तथा खुट्टाको सिंगारपटार (म्यानिक्योर तथा पेडिक्योर) लगायतका सेवा प्रदान गरिने दुलालले जानकारी दिए ।

स्थानीय बजारमा यी सेवाहरू एकै स्थानमा उपलब्ध हुनुले ग्राहकको समय र श्रमको बचत हुने विश्वास आयोजकले लिएको छ । 

होटल व्यवसायसँगै स्वास्थ्य र सौन्दर्य सेवाको सुरुवातले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

नेपालीरिका होटलले आगामी दिनमा थप आधुनिक र प्रभावकारी सेवाहरू विस्तार गर्दै लैजाने योजना रहेको प्रबन्ध निर्देशक दुलालले बताए ।

View : 95

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved