विराटनगर । मोरङको धनपालथानका १७ वर्षीय पारस कुमार कामत ४४ दिनदेखि बेपत्ता भएको भन्दै उनका परिवारजनले खोजीका लागि आग्रह गरेका छन् ।
मंसिर ७ गते साँझ साढे ५ बजे विराटनगरबाट रानी बसपार्कसम्म पुगेको जानकारी आएपनि त्यसपछि उनी परिवारको सम्पर्कमा पुगेका छैनन् ।
छोरा बेपत्ता भएको भन्दै खोजीका लागि परिवारका सदस्यहरूले जिल्ला प्रहरी कार्यालय मोरङमा निवेदन दिएका छन् ।
धनपालथान गाउँपालिका– ७ का पारस साथीभाइहरूसित रानीसम्म पुगेको जानकारी आएपनि अहिलेसम्म नभेटिएको उनका बाबु ज्ञानी कामतले बताए ।
‘मंसिर ७ गते बेलुका साढे ५ बजेतिर बसमा चढेर रानीतिर गएको भन्ने कुरा थाहा भयो तर कहाँ ओर्लियो थाहा छैन’ उनले भने, ‘बसको चालकले रानीमा ओर्लियो भन्छ, हामीले अहिलेसम्म खोज्दा पनि भेटेको छैन, उसको अवस्था थाहा छैन ।’
आफ्नो छोरा अहिलेसम्म घर परिवारलाई जानकारी नगराई लामो समयसम्म कतै पनि नगएको बाबु ज्ञानी कामतले बताए ।
उनले गाउँमै सानो चियापसल चलाइरहेको छोरा बेपत्ता भएपछि आफुहरु ठुलो चिन्तामा परेको बताए ।
View : 351
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved