Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

स्तावित प्रधानन्यायाधीशमा राउतको सुनुवाइ प्रारम्भ

उद्‌घोष सम्वाददाता
१६ असोज २०८१, बुधवार

काठमाडौँ, १६ असोज । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतको सुनुवाइ प्रारम्भ भएको छ ।

सिंहदबारस्थित समितिको कार्यालय प्रस्तावित प्रधानन्यायाधीशमा राउतको सुनुवाइ प्रारम्भ भएको हो ।

संवैधानिक परिषद्को गत भदौ ३१ गत बसेको बैठकले प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

सर्वोच्च अदालतका वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको यही असोज १९ गते पदावधि सकिँदैछ ।

न्याय परिषद्ले रिक्त प्रधानन्यायाधीश पदमा वरिष्ठतम न्यायाधीशमध्येबाट नाम सिफारिस गरेर संवैधानिक परिषद्मा पठाएको थियो ।

प्रधानन्यायाधीश राउतलाई सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिमा सुनुवाइ भएर अनुमोदन गरेपछि राष्ट्रपति नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ ।  रासस

View : 115

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved