Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
आर्थिक

प्रमुख कर अधिकृत क्षेत्रीको विदाई

उद्घोष सम्वाददाता
२८ जेठ २०८१, सोमवार

विराटनगर । सेवा निवृत हुन लागेका आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा डिबी क्षेत्रीलाई मोरङ उद्योग व्यापार संघ र नेपाल उद्योग परिसंघ कोशी प्रदेशले संयुक्त रुपमा विदाइ गरेका छन् ।

संघका अध्यक्ष अनुपम राठी र परिसंघका अध्यक्ष पवनकुमार सारडाले संघको सभाकक्षमा आइतबार एक कार्यक्रम आयोजना गरी उनको विदाई गरेका हुन्  । 

३२ वर्षे सेवा अवधि पुगेर जेठ २९ गते देखि क्षेत्रीले निजामती सेवाबाट अनिवार्य अवकाश लिन  लागेका हुन् । उनले १ वर्ष ८ महिना आन्तरिक राजस्व कार्यालय विराटनगरको प्रमुखको रुपमा काम गरेका थिए ।

सो कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष एवं नेपाल उद्योग परिसंघ, कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष प्रकाश मून्दडा सहित संघ र परिसंघका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, महिला र युवा उद्यम समिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

View : 151

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved