Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

मेची राजमार्गमा पनि रातमा सवारी चलाउन रोक

उद्‌घोष संवाददाता
१८ असोज २०८२, शनिवार

विराटनगर ।  काठमाडौ, मधेश प्रदेश हुँदै पानी पार्ने प्रणाली कोशी प्रदेशमा पनि सक्रिय भएको छ । ठूलो वर्षाको सम्भावना उच्च भएपछि मेची राजमार्गमा सवारी आवागमनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय इलामले रातको समयमा मेची राजमार्गमा सवारी आवतजावतमा रोक लगाएको हो ।

झापाको चारआलीदेखि ताप्लेजुङसम्मको राजमार्ग मेची राजमार्ग हो । मेची पहाडका तीन जिल्लाहरु इलाम, पाँचथर र ताप्लेजुङलाई पूर्व-पश्चिम राजमार्गसँग जोड्ने यो राजमार्ग २४ घन्टा नै व्यस्त रहने गर्छ । यो राजमार्ग पनि पहिरोको उच्च जोखिम रहेको क्षेत्र हो ।

इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता  नेपालले  जारी गरेको सूचना अनुसार मेची राजमार्गको इलाम प्रवेशद्वार जोर कलशदेखि राँकेसम्म र मेची करिडोरको केचना–कंचनजंगा सडकमा शनिबार बेलुकी ७ बजेदेखि आइतबार  बिहान ६ बजेसम्म सबै प्रकारका साना ठूला सवारी साधनको आवागमन बन्द गरेको जानकारी दिइएको छ ।

View : 319

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved