विराटनगर । ज्योति विकास बैंकले विराटनगर–१४ स्थित जनता बाल आधारभूत विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।
बैंकको विराटनगर शाखाले उक्त विद्यालयलाई १२ थान ह्वाइटबोर्ड, मार्कर तथा मार्कर मसी प्रदान गरेको हो ।
सोमबार विद्यालय हाताभित्र आयोजित हस्तान्तरण कार्यक्रमपछि विद्यालयका प्रधानाध्यापक राजेशप्रसाद यादवले दातृ संस्थाप्रति धन्यवाद व्यक्त गर्दै प्राप्त सहयोगले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताए ।
कार्यक्रममा बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत प्रदान गरिएको उक्त शैक्षिक सामग्री विद्यालयका विद्यार्थीहरूको सिकाइ वातावरणलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बैंकका शाखा प्रमुख लीलबहादुर खड्काले विश्वास व्यक्त गरे ।
शाखा प्रमुख खड्काले शिक्षा क्षेत्रको विकास तथा सामुदायिक उत्थानमा बैंक सदैव प्रतिबद्ध रहेको बताउँदै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए ।
विराटनगर महानगरपालिका–१४ का वडाध्यक्ष सूर्यनारायण महतोको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष आशाकुमारी महतोले गरेकी थिइन् ।
कार्यक्रमको सञ्चालन शिक्षक महेश ढकालले गरेका थिए ।
View : 76
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved