विराटनगर । उद्योग संगठन मोरङले सुनसरी उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिको स्वागत तथा भेटघाट गरी औद्योगिक क्षेत्रको समष्टिगत हितका लागि संस्थागत ऐक्यवद्धता हुनुपर्नेमा जोड दिएको छ ।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले नवनिर्वाचित कार्यसमितिको स्वागत गर्दै उद्योग व्यवसायमा छाएको सुस्तताको अन्त्यका लागि व्यवसायिक संस्थाहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याए ।
उनले आर्थिक समृद्धिका लागि निजी क्षेत्रको विकास अपरिहार्य रहेको बताउँदै आर्थिक विकासका सन्दर्भमा देखिएका नीतिगत समस्याहरू समाधानका लागि निजी क्षेत्रका संस्थाहरूले गर्दै आएको पैरवीलाई आगामी दिनमा सामूहिक रुपमा गरी राज्यको ध्यानाकर्षण गर्नुपर्नेमा जोड दिए ।
भेटघाटमा सुनसरी उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष गोपाल श्रेष्ठले उद्योग व्यवसाय क्षेत्रको हक, हितका लागि स्थापित संस्थाहरू मिलेर अघि वढी यस क्षेत्रले भोग्दै आएका समस्या समाधानका लागि पहल गर्नुपर्ने धारणा राखे ।
उनले सरकार र निजी क्षेत्र बीचको सहकार्यले मात्र औद्योगिक विकासले गतिलिने बताउँदै उद्योग व्यवसाय क्षेत्रका मुद्दाहरूमा संस्थागत ऐक्यवद्धतामा जोड दिए ।
सुनसरी उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष विजय श्रेष्ठले निजी क्षेत्रको सवलीकरणका लागि राज्य समक्ष सामूहिक रुपमा पहल गरी व्यवसायिक विकासको पक्षका सकारात्मक वातावरण वनाउनुपर्ने विचार व्यक्त गरे ।
कार्यक्रममा उद्योग संगठन मोरङ र सुनसरी उद्योग वाणिज्य संघका पदाधिकारी कार्यसमिति सदस्यहरू र महिला उद्यम समितिका सदस्यहरूको सहभागिता रहेको थियो ।
View : 269
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved