Biratnagar, Morang, Nepal
२१ साउन २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

सुनसरीमा पूर्वपश्चिम राजमार्ग क्षेत्रमा लागेको कर्फ्यु हट्यो, आवागमन सहज

उद्‌घोष संवाददाता
१२ साउन २०८३, मङ्गलवार

Advertisement

विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत इनरुवा–कोशी ब्यारेज खण्ड तथा महेन्द्र राजमार्गको दायाँबायाँ दुई सय मिटर क्षेत्रमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु हटाएको छ ।

प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार सोमबार राति ९ बजेदेखि लागू गरिएको कर्फ्यु मंगलबार बिहानदेखि हटाइएको हो ।

यसअघि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम इनरुवा नगरपालिका–३ र ६ को सीमास्थित महेन्द्र राजमार्गको घोपली टोलदेखि पश्चिममा कोशी ब्यारेज पुलसम्म तथा उत्तर–दक्षिणतर्फ महेन्द्र राजमार्गदेखि २०० मिटर क्षेत्रभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा धर्ना गर्न रोक लगाउँदै कर्फ्यु आदेश जारी गरिएको थियो ।

देवानगञ्ज–३ कप्तानगञ्जमा आइतबार राति भएको झडपका क्रममा प्रहरीको गोली लागेर युवक ओमप्रकाश मेहताको मृत्यु भएपछि उत्पन्न तनावका कारण प्रदर्शन उग्र बनेपछि प्रशासनले राजमार्ग क्षेत्रमा समेत कर्फ्यु लगाएको थियो ।

प्रशासनले सुरक्षा अवस्थाको समीक्षा गर्दै मंगलबार बिहानदेखि उक्त कर्फ्यु आदेश हटाएको जनाएको छ ।

कर्फ्यु हटेसँगै पूर्व–पश्चिम राजमार्गमा सवारीसाधनको आवागमन पुनः सञ्चालन भएको छ ।

यद्यपि जिल्लाको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको प्रशासनले जनाएको छ ।

View : 102

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved