पर्सा । पर्साको क्षेत्र नम्बर २ का नेपाली कम्यूनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मनोजकुमार चौधरी बमजस्तै शंकास्पद वस्तुसहित पक्राउ परेका छन् । पर्सागढी नगरपालिका–३ बडनियार चोकमा प्रहरीको चेकजाँचका क्रममा नेकपा उम्मेदवार चौधरी सवार गाडीमा शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
मंगलबार राति करिब ११ बजे प्रहरीको नियमित चेकजाँचका क्रममा चौधरी सवार बा १० च १२५० नम्बरको गाडीको डिक्कीमा टिनको बाकसभित्र राखिएको खैरो टेपले बेरिएको र कालो–रातो तार बाहिर निकालिएको शंकास्पद बिस्फोटक वस्तु भेटिएको जनाइएको छ ।
घटनापछि प्रहरीले चौधरीसहित गाडीमा सवार चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
गाडीमा पर्सागढी नगरपालिकाका नगर प्रमुखका प्रत्यासी सत्यनारायण दास, सुरज कार्की तथा चालक वीरगञ्ज–छपकैयाका शेख मुन्ना अन्सारी रहेका थिए ।
शंकास्पद वस्तु फेला परेपछि गाडी र उनीहरुलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।
उक्त गाडीमा भेटिएको शंकास्पद वस्तु के हो भनेर नेपाली सेनाको बम डिस्पोजल टोली अनुसन्धान सुरु गरेको र प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले बताए ।
View : 81
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved