विराटनगर । मंगलबार अपरान्ह निस्कने रथयात्रा अघि विराटनगर विभिन्न सांस्कृतिक झाँकीहरूले झकिझकाउ बनेको छ ।
९३ औं संस्करणको राधाकृष्ण रथयात्रा निस्कनुअघि नै विराटनगरको मेन रोड, विराटनगर–धरान रोड झाँकीहरूले ढाकिएको छ ।
हजारौं श्रद्धालुहरू सांस्कृतिक तथा जातीय झाँकी सहित सडकमा ओहोरदोहोर गरिरेहका छन् ।
रथयात्राका लागि सडकमा बाक्लो रुपमा प्रहरी परिचालित छन् ।
एम्बुलेन्स लगायतका अत्यावश्यक सेवाका साधनहरू पनि सडकमा अलर्ट छन् ।
View : 4827
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved