विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको व्यवस्थापन सङ्काय (बिहानी र दिवा सत्र) अन्तर्गत रिक्त सहायक क्याम्पस प्रमुख पदमा शिवनारायण चौधरी र रवि रोक्का नियुक्त हुने सुनिश्चित भएको छ । सहायक क्याम्पस प्रमुख नियुक्तिका लागि माग गरिएको आवेदनमा आइतबार (असार २९ गते) अन्तिम दिन अपराह्न ५ बजेसम्ममा जम्मा दुई जनाको मात्र आवेदन परेकोले उनीहरु सो पदमा नियुक्त हुने सुनिश्चित भएको हो ।
रिक्त सहायक क्याम्पस प्रमुख पदका लागि विहानीसत्रमा शिवनारायण चौधरी र दिवा सत्रका लागि रवि रोकाकोले मात्रै आवेदन दर्ता गराएको क्याम्पसले जनाएको छ । विहानी र दिवा सत्रका लागि आवश्यक एक–एक जनामा चौधरी र रोकाको मात्र आवदेन परेपछि उनीहरु दुवै जना सहायक क्याम्पस प्रमुख हुने सुनिश्चित भएको हो ।
क्याम्पसद्वारा असार ९ गते गठित तीन सदस्यीय छनोट समितिका संयोजक प्रा. डा. देवीबहादुर थापाद्वारा हस्ताक्षरित सूचनाअनुसार, व्यवस्थापन सङ्कायमा २०८१ असार १४ गतेदेखि रिक्त रहेको दुई सहायक क्याम्पस प्रमुख पदका लागि उम्मेदवार छनोट गरिनेछ ।
सो पदका लागि त्रिभुवन विश्वविद्यालयको सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम २०८१ को परिच्छेद २०, विनियम ४४ को उपविनियम ४ बमोजिमको योग्यता पुगेका महेन्द्र मोरङ क्याम्पसमा कार्यरत शिक्षकहरूले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । सम्बन्धित अध्ययन संस्थान वा सङ्कायमा कार्यरत प्राध्यापकहरूलाई बढी ग्राह्यता दिइने क्याम्पसले जनाएको थियो ।
छनोट समितिमा सहप्राध्यापक ललितनारायण मण्डर र सहप्राध्यापक डा उद्धव पोखरेल सदस्य छन् ।
View : 1333
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved