विराटनगर । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदान गर्ने पुष्पलाल राष्ट्रिय पुरस्कार २०८१ बाट वरिष्ठ अधिवक्ता मेदनी सेडाईँ पुरस्कृत भएका छन् ।
सेडाईँले लेखन कार्यमार्फत नेपाली समाजको इतिहास, राजनीतिक आन्दोलन र नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास सम्बन्धी खोज तथा अनुसन्धानहरूमा गरेको योगदानको मुल्यांकन गर्दै उक्त पुरस्कार दिइएको हो ।
बुधबार शीतल निवासमा आयोजित एक विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नगद एक लाख राशि सहितको सो पुरस्कार सेडाईँलाई प्रदान गरेका हुन् ।
मन्त्रालयले राजनीतिक सिद्धान्त, साहित्य, संस्कृति, विज्ञान र इतिहास क्षेत्र गरी ३ विधामा उत्कृष्ट योगदान गर्ने पात्र छनोट गरी हरेक बर्ष पुरस्कार प्रदान गर्दै आएको छ ।
राजनीतिक सैद्धान्तिक क्षेत्रतर्फ काठमाडांैकी शान्ता मानवी र साहित्य, संस्कृति र विज्ञानक्षेत्रतर्फ उदयपुरका राममणि पोखरेलले सो पुरस्कार पाएका छन् ।
पुष्पलाल स्मृति प्रतिष्ठानको सिफारिसका आधारमा मन्त्रालयले सो पुरस्कार प्रदान गरेको हो ।
View : 398
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved