विराटनगर : नेपाली कांग्रेस कोशी प्रदेश समितिको सूचना सञ्चार तथा प्रचारप्रसार विभागको संयोजकमा बाबुराम कोइराला (बासु)लाई मनोनयन गरिएको छ ।
शुक्रबार नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले नेपाली कांग्रेस प्रदेश कार्यसमिति कोशी प्रदेशका सदस्यसमेत रहेका कोइरालालाई संयोजकमा मनोनयन गरेका हुन् ।
समितिको सहसंयोजकमा पत्रकार शेखर रेग्मीलाई मनोनयन गरिएको छ ।
२५ सदस्यीय समितिमा बाँकी २३ सदस्यलाई प्रचारप्रसार विभागका संयोजकले मनोनयन गर्नेछन् । बाँकी सदस्यहरुलाई मनोनयन गरी समितिलाई चाँडै पूर्णता दिने संयोजक कोइरालाले बताए ।
View : 203
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved