Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

फाइनल प्रवेशका लागि विराटनगरको भेट लुम्बिनीसँग

उद्‌घोष संवाददाता
२५ मंसिर २०८२, बिहिवार

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई प्रतिस्पर्धीका रुपमा पाएको छ ।

लुम्बिनी लायन्सले बुधबार इलिमिनेटको खेलमा काठमान्डु गोर्खाजलाई  हराएर  दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ । 

क्वालिफायर–१ मा सुदूरपश्चिमसँग पराजित बनेको विराटनगरले फाइनल प्रवेशका लागि अब बिहीबार लुम्बिनीसँग खेल्नेछ । यो खेलको विजेताले शनिबार हुने फाइनलमा सुदूरपश्चिम रोयल्सस“ग प्रतिस्पर्धा गर्नेछ । 

एनपीएलको लिग चरणमा विराटनगरले लुम्बिनीसँग खेल्दा पराजय भोगेको थियो । लुम्बिनीले विराटनगरलाई ५ विकेटले पराजित गरेको थियो । 

बुधबार काठमान्डुलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले दोस्रो क्वालिफायरमा आफूलाई पु¥याएको हो ।  

काठमान्डुले दिएको ११२ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो । 

लुम्बिनीका लागि ओपनर डार्शी सर्टले ३३ रनको योगदान गरेका थिए ।

उनले ३४ बलमा दुई छक्का प्रहार गरेका थिए । ओपनिङमा मौका पाएका दिनेश अधिकारी चार रनमै आउट भए । 

उनी तेस्रो ओभरमा सनी पटेलको बलमा करण केसीबाट समातिए । कप्तान रोहितकुमार पौडेलले २५ बल खेलेर एक चौका र एक छक्काको मद्दतमा १८ रन बनाए । 

रोहितलाई नवौं ओभरको अन्तिम बलमा शाहब आलमले बोल्ड गरेका थिए । सन्दीप जोरा २३ रन, दिलीप नाथ ७ रनमा आउट भएका थिए । 

निरोशन डिक्वेला १४ रन बनाउँदा अन्त्यमा रुबेल ट्रम्पलम्यानले चौका प्रहार गरेर लुम्बिनीलाई जिताएका थिए ।

बलिङमा काठमान्डुका सन्तोष यादवले दुई विकेट लिए । करण केसी, सनी पटेल, शाहब आलाम र रशिद खानले एक–एक विकेट हात पारेका थिए । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले खराब ब्याटिङ गर्दा १९.१ ओभरमा १११ रनमा अलआउट भएको थियो । 

काठमान्डुको सुरूवाती ब्याटिङ लाइनअप ध्वस्त पारेको लुम्बिनीले पावरप्लेभित्र चार विकेट लिएको थियो । 

काठमान्डुका शीर्ष चार ब्याटर दोहोरो अंक जोड्न नपाई आउट हु“दा टोली संकटमा पारेको थियो । पिचमा बल टर्न भइरहँदा ब्याटरले संघर्ष गरेका थिए । 

काठमान्डुका ओपनिङ ब्याटर आकाश त्रिपाठी एक रनमै आउट भए । सनी पटेल सात, मिलिन्द कुमार दुई र  बेन चाल्र्सवर्थ चार रन मात्रै जोडेर  आउट भएका थिए ।  

लगातार विकेट लिएको लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले दशौं ओभरमा दुई विकेट लिएपछि लुम्बिनी खेलमा हाबी भयो । रोहितले पहिलो बलमा भीम सार्कीलाई आउट गरेका थिए । सार्कीले १४ रन बनाएका थिए ।

जोन सिमसनले १८ रन जोडेका थिए । आदिल अन्सारी १८, करण केसी ९ र सन्तोष यादवले २३ रन जोडेका थिए । 

बलिङमा लुम्बिनीका शेर मल्ल र कप्तान रोहित पौडेलले तीन–तीन विकेट लिएका थिए ।

View : 209

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved