विराटनगर । एनसेलले आफ्नो फोरजी नेटवर्कको पहुंच विस्तार र गुणस्तर सुधारतर्फ महत्वपूर्ण कदम चाल्दै गतवर्ष २०२५ मा देशभर २५० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ ।
साथै २ हजार २ सय वटा टावरहरुमा क्षमता बृद्धि गरेको छ, जसका कारण ग्राहकहरूले अझ स्पष्ट सुनिने भ्वाइस सेवा र उच्चगतिको डेटा सेवाको फाइदा लिन सक्ने एनसेलले दाबी गरेको छ ।
सातै प्रदेशका विभिन्न स्थानीय तहहरूमा नयाँ टावरहरू स्थापना गरी सञ्चालनमा ल्याइएका छन् भने विषेश गरी मधेश, लुम्बिनी, कोशी र बागमती प्रदेशमा केन्द्रित हुँदै यो पहलअघि बढाइएको थियो ।
प्रदेशगत रूपमा हेर्ने हो भने, एनसेलले कर्णाली प्रदेशका दैलेखको सभापोखरी, रुकुमपश्चिमको पूर्तिमकाडा र सल्यानको बागचौर लगायतका स्थानीय तहहरुमा टावर स्थापना गर्दै फोरजी सेवा दिइएको छ ।
सुदूरपश्चिम प्रदेशका डोटीको लडागडा, कैलालीको बनजरिया र कञ्चनपुरको सरस्वती टोललगायत अन्य ठाउँहरुमा पनि टावरहरू स्थापना गरिएका छन् ।
यसैगरी मधेश प्रदेशका सिराहाको हनुमाननगर, सप्तरीको भीमपुर र धनुषाको मुसहरनियालगायत दर्जनौं स्थानहरुमा नयाँ टावर सञ्चालनमा आएपछि स्थानीयहरु उच्च गुणस्तरको भ्वाइस र मोबाइल ब्रोडब्याण्ड सेवाबाट लाभान्वित भएका छन् ।
कुल २५० वटा टावरमध्ये १९७ वटा टावरहरु पछिल्लो साढे दुई महिनामा स्थापना गरिएका हुन् भने, स्टकमा रहेका तथा स्पेयर उपकरणको अधिकतम उपयोगमार्फत ५३ वटा नयाँ टावर सञ्चालनमा ल्याइएका हुन् ।
देशभर थपिएका हाम्रा यी नयाँ टावरहरू र क्षमता अभिवृद्धि गरिएका साइटहरुले सम्बन्धित प्रदेशका स्थानीय तह र ठाउहरूमा ग्राहकहरुलाई मोबाइल ब्रोडब्याण्ड र गुणस्तरीय भ्वाइस सेवाको पहुँच अझ व्यापक बनाएको छ ।
यसले फोरजीकनेक्टिभिटीको महत्वलाई अझ बढाएको छ, एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने ।
नयाँ टावरहरूको संख्याका दृष्टिले मधेश प्रदेशमा १०० भन्दा बढी नयाँ टावरहरू स्थापना गरिएका छन् ।
लुम्बिनीमा ४० र कोशी प्रदेशमा ३५ भन्दा बढी टावरहरू स्थापना भएका छन् । यसैगरी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि थप टावरहरू स्थापना गरिएका छन् ।
View : 84
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved