Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

सोलुमा महिलाको निर्वस्त्र शव फेला

उद्‌घोष संवाददाता
३ फागुन २०८०, बिहिवार

सोलुखुम्बु, ३ फागुन । सोलुखुम्बुमा एक महिलाको शव निर्वस्त्र अवस्थामा फेला परेको छ । प्रहरी निरीक्षक अनिल मिश्रले ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका–६ की अन्दाजी ३५ वर्षीया प्रेमा तामाङको शव बारीमा भेटिएको जानकारी दिए । 

'मङ्गलबार बेलुका महिलाको शव भेटियो भन्ने खबर आएपछि पत्ताले प्रहरी चौकीबाट खटिएको प्रहरी टोली सो स्थानमा पुगेको थियो', उनले भने, “मृतक महिलाको शरीरमा कपडा छैन, उनको केही दिनअघि मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।” 

शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुमा ल्याइएको उनले बताए । घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

केही दिनअघि सोलुदूधकुण्ड नगरपालिका–८ केरुङखोला किनारमा महिलाको कपडा र केही नगदसमेत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

सो खबरलगत्तै प्रहरी टोलीले अनुसन्धान अघि बढाएको थियो । कपडा कसको हो भन्नेबारे प्रहरीको अनुसन्धान जारी रहँदा ती महिलाको शव बेवारिसे अवस्थामा भेटिएको हो ।

View : 350

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved