विराटनगर । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा संघीय मामिला तथा प्रशासन मन्त्री भानुभक्त जोशीले आइतबार विराटनगरमा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेटघाट गरेका छन् ।
कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै मन्त्री जोशीले पार्टीको आगामी महाधिवेशनले समाजवादी कार्यदिशा तय गर्ने बताएका छन् ।
उनले कार्यकर्तालाई पार्टीको महाधिवेशनमा जुट्न निर्देशन दिदै महाधिवेशनपछि पार्टी थप गतिशील हुने बताए ।
भेलालाई नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य महेश रेग्मी, केन्द्रीय सदस्य भीम बस्नेत, पार्टीको विराटनगर महानगर कमिटी अध्यक्ष वीरेन्द्रकुमार यादव, नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय उपाध्यक्ष डा. उद्धव पोखरेललगायतले सम्बोधन गरेका थिए । सहभागीहरूलाई पार्टी महानगर कमिटी उपाध्यक्ष कविराज घिमिरेले स्वागत गरेका थिए ।
View : 172
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved