सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका–९ स्थित इन्द्रपुर बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा गोपालप्रसाद पौडेल सर्वसम्मत रूपमा निर्वाचित भएका छन् ।
विराटचोकमा भएको संस्थाको २४ औं वार्षिक साधारण सभाले सञ्चालक समिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो ।
चार बर्षे कार्यकालको लागि ११ जनाको कार्य समिति तथा ३ जनाको लेखा समिति सर्वसम्मत रूपमा निर्वाचित भएको निर्वाचन समिती संयोजक गणेशप्रसाद दहालले जानकारी दिए ।
समितिको उपाध्यक्षमा योगराज काफ्ले, सचिवमा सन्तोषकुमार राई (बान्तवा), कोषाध्यक्ष सुशीला सुवेदी र सदस्यहरूमा राजबाबु सुवार, सोमराज गुरागाई, विन्दुकुमारी भट्टराई, गोविन्दबहादुर थापा, अर्जुन अजुरेल, विष्णु प्रसाईं, तारामान पौडेल छन् । लेखा समिति संयोजकमा गंगाराम फुयल, सदस्यद्वयमा खेम कट्टेल र निर्मला गौतम छन् ।
साधारण सभामा सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईको उपस्थितिमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष रामप्रसाद गजुरेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाको साधारण सभाका अवस्थामा ज्येष्ठ सेयर सदस्य सम्मान, कर्मचारीलाई नगद पुरस्कार प्रदान तथा असल ऋणी, असल बचत कर्तालगायत विभिन्न व्यक्तिहरूलाई प्रशंसापत्र सहित सम्मान र पुरस्कार वितरण गरिएको संस्थाका कर्मचारी सुमन भट्टराईले जानकारी दिए ।
संस्थाको साधारण सभामा सल्लाहकार सदस्य राजकुमार ओझा संस्थापक अध्यक्ष चुडामणि तिम्सिना, पूर्व सञ्चालक समिति सदस्य सुरेन्द्रबहादुर थापा लगायतले बोलेका थिए ।
साधारण सभामा सूर्य अधिकारी तथा रोहित ढकालले कार्यक्रम सञ्चालन गरेका थिए । इन्द्रपुर सहकारीमा हाल १ हजार ६ भन्दा बढी सेयर सदस्य छन् ।
View : 37
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved