Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
साहित्य

‘घुरको धुवाँ’ को विमर्श

उद्‌घोष संवाददाता
१ चैत २०८२, आइतवार

Advertisement

विराटनगर । अग्रज साहित्यकार तथा पत्रकार राजेश खनालद्वारा लिखित संस्मरणात्मक कृति ‘घुरको धुवाँ’ माथि विराटनगरमा साहित्यिक विमर्श सम्पन्न भएको छ ।

नेपाली लेखक संघ कोशी प्रदेशको आयोजनामा भएको कार्यक्रममा हालै प्रकाशित उक्त कृतिको विषयवस्तु, शैली र त्यसले उजागर गरेको तराईको सामाजिक यथार्थबारे विभिन्न साहित्यकार र समालोचकहरूले विस्तृत चर्चा गरेका थिए ।

कार्यक्रमका प्रमुख वक्ता वरिष्ठ साहित्यकार तथा समालोचक गोपाल भण्डारीले ‘घुरको धुवाँ’ तराईको ग्रामीण जीवनलाई अत्यन्त जीवन्त ढङ्गले प्रस्तुत गर्ने कृति भएको टिप्पणी गरे । 

उनका अनुसार पुस्तकले गाउँको परिवेश, संस्कार, संघर्ष र मानिसहरूको आत्मीय सम्बन्धलाई संस्मरणात्मक शैलीमा प्रभावकारी रूपमा उजागर गरेको छ ।

त्यसैगरी समालोचक भूषण ढुंगेलले लेखकले आफ्ना अनुभव र स्मृतिलाई कथात्मक प्रवाहमा प्रस्तुत गर्दै तराईको जनजीवनलाई टपक्कै टिपेको बताए । उनले कृतिमा ग्रामीण जीवनका साना–साना घटनाहरूलाई समेटेर त्यसलाई व्यापक सामाजिक सन्दर्भसँग जोड्ने प्रयास गरिएको चर्चा गरे ।

साहित्यकार निर्मला कोइरालाले तराईको ग्रामीण समाज, संस्कृति र त्यहाँको जीवनशैली बुझ्न चाहने पाठकका लागि ‘घुरको धुवाँ’ अत्यन्त महत्वपूर्ण कृति भएको उल्लेख गरिन् । 

साहित्यकार कविराज न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष समेत रहेका आयोजक समितिका सल्लाहकार विवश पोखरेल, नेपाली लेखक संघ कोशी प्रदेशका अध्यक्ष गोकुल अधिकारी, महासचिव मीनकुमार नवोदितलगायतले कृतिको महत्वबारे आ–आफ्ना धारणा राखेका थिए । 

कार्यक्रममा लेखक राजेश खनालले पुस्तक लेख्नुको पृष्ठभूमि र प्रेरणाबारे प्रकाश पार्दै आफ्ना बाल्यकालीन स्मृति, गाउँघरको परिवेश र त्यहाँका मानिसहरूको जीवनबाट प्राप्त अनुभवलाई संस्मरणका रूपमा उतारेको बताए ।

View : 300

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved