Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

प्रहरी श्रीमती संघद्वारा अस्पतालमा कपडा र विद्यालयमा ब्याग वितरण

उद्‌घोष संवाददाता
२२ माघ २०८२, बिहिवार

विराटनगर । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले विराटनगरस्थित कोशी अस्पतालको प्रसूति वार्डमा उपचाररत सुत्केरी, गर्भवती महिला तथा नवजात शिशुहरुलाई लत्ताकपडा तथा फलफूल वितरण गरेको छ । 

बुधबार नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी उपाध्यक्ष श्रीमती अनिता ढकाल अधिकारीको प्रमुख आतिथ्यतामा मातृ तथा शिशु स्वास्थ्यप्रति संघको सामाजिक उत्तरदायित्व र मानवीय सेवा भावलाई आत्मसात् गर्दै न्यानो कपडा तथा फलफूल वितरण गरिएको हो । 

सो कार्यक्रममा श्रीमती संघका सचिव सृजना नेपाल दाहाल, कोषाध्यक्ष सुमित्रा अधिकारी, सदस्य मुना निरौलाको उपस्थिति रहेको थियो ।

त्यसैगरी संघले विराटनगर–१९ स्थित पञ्चकन्या आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ब्याग तथा स्टेशनरी सामग्री वितरण गरेको छ ।

मंगलबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज जमरकट्टेलको अध्यक्षतामा आयोजित कार्यक्रममा संघकी कोशी प्रदेश उपाध्यक्ष अनिता ढकाल अधिकारीले उक्त सामग्री विद्यालयलाई हस्तान्तरण गरेकी हुन् ।

उनले शिक्षाबिनाको जीवन अन्धकार हुने भएकोले शिक्षाको ज्योति छर्दै योग्य र सक्षम नागरिक निर्माण गर्ने थलोको रुपमा रहेको विद्यालयलाई सेवा नै धर्म हो भन्ने भावनाका साथ सहयोग गरिएको बताइन् ।

View : 517

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved