Biratnagar, Morang, Nepal
२६ भदौ २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

सहयोगी मनको नेतृत्वमा पुनः त्रिभुवन भगत श्रेष्ठ

उद्‌घोष संवाददाता
२६ भदौ २०८३, शुक्रवार

Advertisement

सहयोगी मनुको नेतृत्वमा पुनः त्रिभुवन भगत श्रेष्ठ

विराटनगर 

‘‘सहयोगी मनहरूको सहयोगी हात’ भन्ने मूल नाराका साथ सामाजिक सेवामा सक्रिय संस्था ‘सहयोगी मन’को साधारण सभाले त्रिभुवन भगत श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ समिति चयन भएको छ ।

समितिको उपाध्यक्षमा मेघनारायण श्रेष्ठ, सचिवमा अजयकुमार चौधरी, सहसचिवमा राजु श्रेष्ठ तथा कोषाध्यक्षमा शिवकुमार खत्री चयन भएका छन् । यस्तै सदस्यहरूमा उमानाथ अधिकारी, सुधीरकुमार श्रेष्ठ, तारानाथ भट्टराई र मीरा दली छन् ।


दैवी प्रकोप कोषमा ५५ हजार सहयोग

साधारण सभाले प्राकृतिक विपत्तिमा परेका नागरिकहरूको घाउमा मलम लगाउने उद्देश्य अनुरूप भोटेकोशी बाढीपहिरो पीडितहरूको सहयोगार्थ ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोष’मा संस्थाका तर्फबाट ५५ हजार रुपैयाँ जम्मा गर्ने निर्णयसमेत गरेको छ।

समाजमा भएका दुर्घटना तथा प्राकृतिक प्रकोपबाट विपत्तिमा परेका अति विपन्न वर्गको पहिचान गरी सहयोग पुर्‍याउने र अनाथ, अशक्त तथा असहायहरूको सेवा गर्ने मुख्य उद्देश्यका साथ संस्था अघि बढेको  अध्यक्ष त्रिभुवन भगत श्रेष्ठले बताए । 
सो संस्थाले सदस्यता वितरण तथा सहयोगी मनहरूबाट संकलन हुने रकमलाई पारदर्शी रूपमा यस्तै मानवीय सेवामा परिचालन गर्दै आएको जनाएको छ।

५ वर्षअघि  २०७८ पुस ३० मा सम्पन्न पहिलो  साधारणसभा कार्यक्रमअन्तर्गत विराटेस्वर बृद्धाश्रमका ज्येष्ठ नागरिकहरूलाई साँझको एक छाक भोजन तथा मिठाई वितरण गरिएको थियो । सो  भोजन खुवाउने कार्यक्रम अध्यक्ष त्रिभुवन भगत श्रेष्ठको व्यक्तिगत सौजन्यमा सम्पन्न भएको छ  । 

View : 12

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved