Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
खेलकुद

इटहरी गोल्डकप फाइनलको अघिल्लो दिन एनआरटीसँग आर्मी स्तब्ध

आर्मीलाई दुई गोलले हराउँदै विराट गोल्डकपमा एनआरटी क्वार्टरफाइनल प्रवेश

उद्‌घोष संवाददाता
१६ चैत २०८०, शुक्रवार

Advertisement

विराटनगर । न्युरोड टिम एनआरटी आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । 

विराटनगरको सहिद रङ्गशालामा शुक्रबार भएको रात्रिकालीन गोल्डकपमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई २–० गोलले पराजित गर्दै एनआरटी क्वार्टरफाइनलमा पुगेको हो । शनिबार तय भएको इटहरी गोल्डकपको फाइनल खेल्न लागेको आर्मी अघिल्लो दिन विराट गोल्डकपमा एनआरटीसँग स्तब्ध बनेको हो ।

जितसँगै एनआरटीले आइतबार दोस्रो क्वाटरफाइनल खेलमा भारतको सिक्किम ड्र्यागनसँग प्रतिस्पर्धा गर्नेछ । जितको लागि एनआरटीका विदेशी खेलाडी रिचार्ड र अफिज ओलावाले गोल गरेका थिए । खेलको पहिलो हाफको २६ औं मिनेटमा एनआरटीका रिचार्डले गोल गरी टिमलाई अग्रता दिए ।

अफिजले निकालिदिएको क्रस पासलाई रिचार्डले डिबक्स भित्रबाट गरेको प्रहारले जाली चुमेको थियो । पहिलो हाफमा १–० गोलले अग्रता लिएको एनआरटीले दोस्रो हाफको ७५ औं मिनेटमा अफिजले गोल गरी टिमको जित सुनिश्चित गरे ।

डिबक्सभित्र वैकल्पिक खेलाडी सुदीप श्रेष्ठले निकालिदिएको पासलाई अफिजले हेडिङ गरेको बललाई आर्मीका गोलकिपर समित श्रेष्ठले पञ्च गरेर नियन्त्रणमा लिन नसक्दा आकर्षक गोल भयो ।

आर्मीले खेल सुरु भएको ६  मिनेटमा गोल गर्ने अवसर गुमायो । टोलीका दिनेश हेमजुङको कडा प्रहार एनआरटीका गोलकिपर प्रमिजय गच्छदारले उत्कृष्ट बचाए । आर्मीका जिलेस्पीजंग कार्कीले १३ औं मिनेटमा ३० यार्डदेखिको कडा प्रहार पनि एनआरटीका किपर गच्छदारले नियन्त्रणमा लिँदै गोल हुनबाट जोगाएका थिए ।

त्यस लगत्तै दिनेशले बिट भइसकेको अवस्थामा बललाई सही दिशा दिन सकेनन् । १६ औं मिनेटमा एनआरटीका जय गुरुङले आर्मीका डिफेन्डरलाई क्रस गरेर पेनाल्टी एरियाबाट गरेको प्रहार गोल गर्न चुेक ।

४० औं मिनेटमा जय गुरुङले निकालिदिएको  वान भर्सेस वानको प्रहार एनआरटीका रिचार्डले  गोल गने अवसर गुमाएका थिए । त्यस लगत्तै उनको प्रहार आर्मीका गोलरक्षक समित श्रेष्ठबाट डिफ्लेक्ट हुँदै बाहिरियो ।

दोस्रो हाफबाट आर्मीले आक्रामक खेल पस्किए पनि गोलमा परिणत गर्न नसक्दा घर फर्किन बाध्य भयो  । ५२ औं मिनेटमा  जिलेस्पीको हेड पोस्टमाथिबाट बाहिरिँदा आर्मीले बराबरीमा ल्याउन  सकेन ।

६५ औं मिनेटमा एनआरटीका सञ्जीव विष्टले वान भर्सेज वानको प्रहार पोस्ट माथिबाट जाँदा थप गोल गर्ने अवसर खेर फाले । ७३ औ मिनेटमा आर्मीका युद्ध शाहीले निकालिदिएको पास जिलेस्पीले डिबक्सभित्र बल नियन्त्रणमा लिन नसक्दा गोल गर्नबाट चुक्यो । ८६ औं मिनेटमा आर्मीका निरजले बल एक्लै अगाडि बढाएर डि-बक्स भित्रबाट एनआरटीका गोलरक्षकलाई बिट गर्न नसक्दा गोल गर्ने राम्रो अवसर गुमाएका थिए ।

हारपछि आर्मीका प्रशिक्षक मेघराज केसीले पाएको अवसर खेलाडीहरूले चुकाउँदा हार ब्यहोर्नु परेको बताए । ‘नियमित खेलहरू भइरहेको कारणले हामीले धेरै नयाँ खेलाडीहरू छन् । राम्रै खेल्दाखेल्दै पनि पाएको अवसर चुकाउँदा हार्नुपर्यो,’ उनले भने ।

जितपछि एनआरटीका सहायक प्रशिक्षक आशिष थापामगरले खेलाडीको राम्रो टिमवर्क भएकोले नतिजा आफ्नो पक्षमा पार्न सफल भएको बताए । ‘केटाहरूले धेरै मेहनत गर्दा नतिजा राम्रो आएको छ,’ उनले भने, ‘क्वाटरफाइनमा थप नयाँ खेलाडी राख्नेछौं ।’

प्लेरअफ द म्याच एनआरटीका अफिज ओलावाले घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाए ।

शनिबार पहिलो क्वाटरफाइनल खेलमा घरेलु टिम सांग्रिला मोरङ फुटबल क्लब र भुटानको आरटीसीबीच हुनेछ ।

View : 940

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved