विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीको चौथो पूर्ण बैठक सुरु भएको छ । विराटनगरको होटल कञ्चनजङ्घामा एमाले केन्द्रीय कमिटीका उपाध्यक्ष गुरु बरालले शनिबार बैठकको उद्घाटन गरेका छन् ।
केन्द्रीय कमिटीको नयाँ कार्यविभाजन पश्चात् प्रदेश कमिटीको बैठक बसिरहेको छ ।
बैठकले प्रदेश कमिटीको पूर्ण कार्यविभाजन, वार्षिक कार्ययोजना, वार्षिक बजेट, कमिटी बनेका नेता कार्यकर्ताको व्यवस्थापन लगायतका विषयहरूमा महत्वपूर्ण निर्णय हुने कोशी प्रदेश कमिटीका नवनियुक्त इन्चार्ज शेरधन राईले उल्लेख गरेका छन् ।
आजको प्रदेश कमिटीको बैठकले एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापा लगायतका नेता कार्यकर्तामाथि जबरजस्ती पूर्ण रुपमा गरिएको कारवाहीको विषयमा समेत छलफल गरेर टुङ्गो लगाउने स्रोतको भनाई छ ।
View : 231
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved