Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

चोरिएको साढे चौध लाख खोज्दै प्रहरी

उद्‌घोष संवाददाता
८ साउन २०८१, मङ्गलवार

Advertisement

विराटनगर । पाथीभरा जब प्लेसमेन्ट तथा खडकदेवी निर्माण सेवा प्रालिको कार्यालयबाट आइतबार अपरान्ह चोरिएको साढे १४ लाख रुपैयाँको खोजीमा प्रहरीले सक्रियता बढाएको छ । चोरीमा चिनजानकै मानिसको संलग्नता पनि हुन सक्ने भएकाले प्रहरीले त्यसतर्फ पनि अनुसन्धान थालेको जनाएको छ।

उद्योगमा मजदुर आपूर्ति गर्ने तथा निर्माण ब्यवसायको काम गर्ने विराटनगर–३ मोडर्न एरा स्कुल नजिकै रहेको कार्यालयबाट आइतबार दिउँसो १४ लाख ४७ हजार रुपैंयाँसहितको ब्याग चोरी भएको दावी गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार बैंकमा रकम निकाल्न जाने मानिस र उनी हिंडेको रुट बारे अनुसन्धान भई रहेको छ । ‘चोरी चिनिएका मानिसबाट पनि भएको हो कि भनेर अनुसन्धान हुँदैछ’ उनले भने ।

कम्पनीका म्यानेजर अमरेश कर्णले बैंकबाट रकम निकालेर आएपछि कार्यालय भित्रैबाट चोरी भएको थियो । कर्णलाई नै शंका गरेर आइतबार बेलुका सोधपुछका लागि प्रहरी कार्यालय लगेको थियो । प्रहरीले मोडर्न एरा स्कुलको सीसीटीभी क्यामेराको रेकर्ड हेरेर चोरीमा संलग्नको हुलिया भनें लिएको बताइएको छ ।

क्यामेराको रेकर्डमा कर्णले चलाएको मोटरसाइकल पछाडि दुई जना चढेको मोटरसाइकल रहेको र तीन मिनेटमै तीब्र गतिमा फर्किएको देखिएको छ । चोरी उनीहरुबाटै भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

कम्पनीका मालिक विवेक कर्णले पनि चिनजानकै मानिसबाट चोरी भएको हुन सक्ने बताए । उनले मजदुरलाई झुक्तानी गर्ने मिति, बैंकबाट रकम निकाल्ने दिन करिव ६ महिनादेखि निगरानी गरेको ब्यत्तिबाटै चोरी भएको हुन सक्ने बताए ।

आफूसँग काम गर्ने ब्यक्तिहरुकै सूचनाका आधारमा रकम चोरिएको हुन सक्ने बताउँदै भने ‘१४ लाख हैन १४ करोड भए पनि ज्वाईंलाई चाहिं १४ रुपैयाँको लोभ छैन, अरु कसैको त्यसमा संलग्नता हुन सक्छ ।’

View : 555

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved