Biratnagar, Morang, Nepal
१९ चैत २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

झापामा लक्ष्मण नेवटिया सम्मानित हुँदै

उद्‌घोष सम्वाददाता
१६ चैत २०८१, शनिवार

विराटनगर । उद्घोष दैनिकका स्तम्भकार एवं व्यङ्ग्यकार  लक्ष्मण नेवटिया कवि देवकीनन्दन अग्रवाल स्मृति साहित्य सम्मान– २०८१बाट सम्मानित हुने भएका छन् ।

बहुभाषिक साहित्य संगीत कला केन्द्र भद्रपुर र कालजयी मञ्च सिलिगुडी भारतको संयुक्त आयोजनामा शनिबार नेवटियालाई उक्त सम्मान समर्पण गरिने भएको छ ।

झापाको भद्रपुरमा हुने कार्यक्रममा कवि नेवटियाको साहित्यिक यात्रामा केन्द्रित उत्तर आकाश पुस्तक, रामकथा ः तुलसीदास और भानुभक्त हिन्दी पुस्तक विमोचनका साथै कवि देवकीनन्दन अग्रवाल, लक्ष्मण नेवटिया एवम् विरही अधिकारीद्वारा रचित गीतहरूको विमोचन पनि गरिने जनाइएको छ ।

View : 119

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved